दाङ,साउन ११ । बाँकेमा एक श्रीमतिले बञ्चरो प्रहार गरी आफ्नै श्रीमानको हत्या गरेकी छन् ।जिल्लाको खजुरा गाउँपालिका वडा नम्बर ६ निवासी ६५ वर्षीया मिछिया थारुले ७५ वर्षीय श्रीमान लक्षिराम थारुको आइतवार दिउँसोबञ्चरो प्रहार गरि हत्या गरेकी छन् ।
जिल्ला प्रहरी प्रबक्ता सुवाश खड्काले सामान्य घरासयी विवादका क्रममा श्रीमतिले आफ्नै श्रीमानमाथि बञ्चरो प्रहार गरि हत्या गरेकोजानकारी दिए ।
टाउको, खुट्टा र हातमा बञ्चरो प्रहार बाट गहिरो चोट लागेका लक्षिरामको घटनास्थलमै मृत्यु भएको डिएसपी खड्काले जानकारी दिए ।आफ्नै श्रीमानको हत्या अभियुक्त थारुलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको डिएसपी खड्काले जानकारी दिए ।
प्रकाशित मिति : २०७७ साउन ११ गते आइतवार