२०८१ माघ २६ गते शनिवार

कर्मचारीलाई कोरोना देखिएपछि बाँकेका यातायात र राजश्व कार्यालय सिल


दाङ,साउन ११ । बाँके जिल्लामा यातायात र राजश्व कार्यालयमा कार्यरत एक÷एक कर्मचारीलाई कोरोना भाइरसको संक्रमण भेटिएको छ । आइतवार यातायात व्यवस्था कार्यालयकी एकजना कम्प्युटर अप्रेटरमा कोरोना भाइरस पुष्टि भएको छ ।शनिबार आन्तरिक राजश्व कार्यालयका एकजना अधिकृतलाई कोरोना पुष्टि भएको थियो ।

नागरिकको बढी भिडभाड हुने कार्यालयहरुमा कार्यरत कर्मचारीमा संक्रमन देखिएपछि कोरोना समुदायमै फैलिएको आशंका गरिएको छ । असार १ गतेदेखि सरकारी कार्यालय सञ्चालन गर्ने निर्णय सरकारले गरेको थियो ।

आन्तरिक राजश्व कार्यालयमा कार्यरत एक जना कर अधिकृत र यातायात व्यवस्था कार्यालयको सवारी शाखामा कार्यरत एक महिला कर्मचारीमा कोरोना संक्रमण भेटिएपछि दुबै कार्यालयहरु सिल गरिएका छन् । आर्थिक वर्ष समाप्तीसँगै राजश्व बुझाउन आउने व्यवसायीहरुको ठूलो संख्या र लामो लकडाउनपछि सवारी, लाईसेन्स, खरिद बिक्रि जस्ता काम गर्न आउनेको भिडलाई कन्ट्याक्ट ट्रेसिङ गर्न सजिलो नरहेको सरोकारवालाहरुले बताएका छन् ।

यद्यपी कार्यालयका कर्मचारीमा कोरोना संक्रमण देखिएपछि उनीहरुको सम्पर्कमा आएकाहरुको पहिचान गरी सबैको पिसिआर परीक्षण गरिने बाँकेका कोरोनाका फोकल पर्सन नरेश श्रेष्ठले बताए ।पछिल्लो समय संक्रमितलाई समेत होम आइसोलेनसमै बस्न दिने निर्णय गरिएपछि संक्रमन समुदायमा फैलिएको हुन सक्ने आशंका व्याप्त भएको छ ।

प्रकाशित मिति : २०७७ साउन ११ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *