दाङ,साउन ११ । रुकुम पश्चिममा पेस्तोल पड्किँदा सशस्त्र प्रहरीका वरिष्ठ हवल्दार यामबहादुर खड्का घाइते भएका छन् ।हातहतियार सफा गर्ने क्रममा आइतवार दिउँसो पेस्तोल पड्किँदा सशस्त्र प्रहरी बल ४७ नम्वर गुल्म मुसीकोट नगरपालिका–१ मठमा कार्यरत खड्का घाइते भएका हुन ।

प्रहरी जवान सन्देश आचार्यले हतियार सफा गर्ने क्रममा खड्कालाई गोलि लागेको प्रहरीले जानकारी दिएको छ ।
कोहलपुर नगरपालिका बाँके घर भएका ३७ वर्षीय खड्काको खुट्टाको घुँडाभन्दा माथिको भागमा लागेको र अवस्था सामान्ने रहेको प्रहरीले बताएको छ । जिल्ला अस्पताल खलंगाको प्रारम्भिक उपचारपछि थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको प्रहरीले जानकारी दिएको छ ।
प्रकाशित मिति : २०७७ साउन ११ गते आइतवार
