
साउन ११। दारी ग्याङ दाङले आफ्नो स्थापना दिवसका अवसरमा फलफुल बितरण गरेको छ । दारी ग्याङ दाङको प्रथम स्थापना दिवसको अवसरमा आज राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा फलफुल वितरण गरेको हो। अस्पतालमा भर्ना भएका करिव ४५ जना विरामीहरुलाई फलफुल वितरण गरिएको दारी ग्याङ दाङले बताएको छ ।
दारी ग्याङ स्थापना काल देखि नै सक्रिय रुपमा सामाजिक कार्यमा लागिरहेको छ। ‘गालामा दारी काँधमा जिम्मेवारी’ आफ्नो नारा सहित दारी ग्याङ दाङले दारी पाल्नु शौखको कुरा हो भन्नेलाई परिवर्तन गरेर जिम्मेवारी बोध गराउने अवस्थासँग जोडिएको ग्याङले बताएको छ।

छोटो समयमा पनि ग्याङले दाङमा हुने विभिन्न सामाजिक क्षेत्रमा विभिन्न कार्यक्रम गर्दै आइरहेको छ। सरसफाइ,बृक्षरोपन,रक्तदान कार्यक्रम, दुखी,गरिब तथा अनाथ,असाहय बालबालिका लाई सहयोगका कार्यहरु गर्दै आइरहेको छ ।
भुमी व्यवस्था कृषि तथा सहकरी मन्त्रालय प्रदेश-५ बुटवलमा कार्यरत कृषि अर्थ विज्ञ अनुप तिवारीको आर्थिक सहयोगमा फलफुल बितरण कार्यक्रम भएको दारी ग्याङ दाङले बताएको छ ।
