ओमप्रकाश गुप्ता,
सिसहनियाँ ११ साउन । दाङ देउखुरीमा स्कारपियोको ठक्करबाट घाइते भएका गाउँ अगुवा र बालकको उपचारका क्रममा मृत्यु भएकोछ । लमही– भालुवाङ सडक खण्डको राप्ती गाउँपालिका वडा नम्बर ८ पिपरीचोकमा पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको बा २० च ५७४४नम्बरको स्कारपियोले शनिबार बेलुका पाैने ७ बजे बाटो काट्ने क्रममा ठक्कर दिदा पिपरीका करिव ५० वर्षिय गाउँ अगुवा राजकुमारचाैधरी र सोही गाउँका रेमलाल चाैधरीका ८ वर्षका छोरा निसान चाैधरी गम्भीर घाइते भएका थिए ।
घाइते मध्ये गाउँ अगुवा राजकुमार चाैधरीको कोहलपुरमा उपचारका क्रममा गएराती निधन भएको थियो भने अार्का ८ वर्षका बालकनिसान चाैधरीको बुटवलमा उपचारकै क्रममा रातीनै निधन भएको प्रहरी चाैकी सिसहनियाँले जानकारी दिएको छ । अन्य ३ जनाघाइतेहरूको बुटवलमा उपचार भइरहेको प्रहरीले बताएको छ ।
घाइते हुनेहरूमा राप्ती गाउँपालिका ८ पिपरीका ७ वर्षका बालक सृष्टि गुरूङ, २२ वर्षकी अामा गाैरी चाैधरी र २ वर्षकी छोरी लक्ष्मीचाैधरी रहेका छन् । प्रत्यक्षदर्शीका अनुसार गाडी चालकले मादकपदार्थ सेवन गरि करिव १०० को स्पिडमा कुदाएकोले सो दुर्घटनाभएको बताएका छन् ।
प्रत्यक्षदर्शीका अनुसार मृतक गाउँ अगुवा चाैधरीलाई सडकबाट घिसारेर नालामा पुर्याएको थियोे । नालाबाट स्थानीयले घाइते लाईनिकालेर अस्पताल पुर्याएका थिए । ठक्कर दिने गाडी नालामा पल्टिएको छ । भने चालकलाई प्रहरी चाैकी सिसहनियाँले अाफ्नोनियन्त्रणमा लिएको छ । घटना पछि स्थानीयले गरेको सडक अवरोध भने राति १२:३० बजे खुलेको थियो ।