२०८१ माघ १२ गते शनिवार

किसानलाई अनुदान वितरण


जितसागर जिएम,
दाङ, १० साउन । डेरी उद्योगमा दूध बिक्रि गर्ने किसानलाई अनुदान रकम वितरण गरिएको छ । प्रदेश नम्बर ५ सरकार, भुमि व्यबस्था कृषि तथा सहकारी मन्त्रालय, पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय रुपन्देहीबाट दुग्ध उत्पादक किसानका लागि प्राप्त अनुदान रकम बितरण गरेको हो ।

हाम्रो पहुचँ बहुद्देश्यीय सहकारी संस्था लिमिटेडद्वारा संञ्चालित संस्थाले प्रदेश सरकारबाट प्राप्त अनुदान रकम १ लाख ४३ हजार २०० रुपैँया दूग्ध उत्पादक किसानलाई प्रदान गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत जनक भण्डारीले जानकारी दिए ।

प्रदेश सरकारले सहकारी संस्थामा दूध बेच्ने किसानलाई अनुदान कार्यक्रममा समावेश गरेको र प्रदेश सरकारबाट प्राप्त रकम किसानलाई बितरण गरिएको उनले बताए । संस्थाका अध्यक्ष शुक्रराज भण्डारी र सल्लाहकार भरत भण्डारीले दूग्ध उत्पादक किसानलाई शुक्रबार उक्त रकम हस्तान्तरण गरेका हुन ।

प्रकाशित मिति : २०७७ साउन १० गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *