२०८१ माघ ३० गते बुधवार

घर घरमा नागको चित्र टाँसेर नाग पञ्चमी मनाइदै

तुलसीपुर, साउन १० । आज नाग पञ्चमी, परम्पराअनुसार नागको चित्र घर घरमा टाँसेर पूजा अर्चना गरी नाग पञ्चमी मनाइदै छ । पण्डित (पुरेत) आएर घरको मूलढोकामा नागको टाँसेर विधि पूर्वक मन्त्रोउच्चारण गरि नाग टाँसिदिने गर्छन । साउन शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष नागको तस्वीर टाँसेर नाग पञ्चिमी मनाइन्छ । वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले प्रवेश गरि दुःख नदिउन भन्नका लागि घरको मुल द्धारमा नागको चित्र टाँस्ने गरिन्छ ।

त्यसका साथै चट्याङ, अग्नि जस्ता कुराहरुको भयबाट मुक्त भइन्छ भन्ने जनविश्वास रही आएको छ । यसले जीवनमा मानिस र विभिन्न जीव जन्तुको अन्तरसम्वन्धको कुरापनि उजागर हुने गर्छ । सर्प तथा नागले वातारणको विषाक्त बायू ग्रहन गर्ने हुँदा वातावरणीय दृष्टिकोणले पनि अति नै महत्वपूर्ण मानिन्छ । बालीनालीलाई असर गर्ने मुसा लगाएतका जीव जन्तुलाई सर्पले खाने हुँदापनि सर्पको महत्वपूर्ण मानिन्छ ।

नाग पूजाको प्रचलन वैदिककालदेखि नै शुरु भएको मानिन्छ । वैदिक मान्यताअनुसार नागलाई सर्पको राजा मानिन्छ । नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुसी पार्न पूजा गर्ने परम्परा बसेको धार्मिक मान्नेता छ । वराहपुराणमा साउन शुक्ल पञ्चमीमा नागराजसँग ब्रह्माको संवाद भएको उल्लेख छ ।

नागलाई विष्णु र शिवका रुपमा मान्ने प्रचलन वैदिक सनातन कालदेखि नै छ। भगवान शिवले नागको माला लगाउने र भगवान विष्णु जलमाथि शेष नागको शैयामा फणको छाता ओढी शयन गर्ने भएकाले दुवै भगवानलाई नागका रुपमा मान्ने गरिएको छ ।

दुर्जनको नाश गरी सज्जनको रक्षा गर्न भगवान विष्णुको अवतारका रुपमा जन्म लिएका श्रीराम र श्रीकृष्णलाई सहयोग गर्न नागराजाले जन्म लिएको कथा विभिन्न पुराणमा पाइन्छ । श्रीकृष्णले बाल्यकालमै कालीनागको दमन गरेको पुराणमा वर्णन गरिएको छ।

प्रकाशित मिति : २०७७ साउन १० गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *