२०७८ जेष्ठ २ गते आइतवार

साउन १ गतेदेखि मापसे गरि सवारी चलाउनलेलाई सिधै मुद्दा चल्छ – डिएसपी सिंह

यमकला भुसाल,
तुलसीपुर,साउन ९ ।इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिवबहादुर शिंहले साउन १ गतेदेखि मादक पदार्थ सेवन गरि सवारी चलाएको पाइए चालकलाई सिधै मुद्दा चलाउने बताएका छन् । अस्थायी प्रहरी पोष्ट गोठिखोलाले शुक्रवार आयोजना गरेको कार्यक्रमलाई सम्वोधन गर्दै डिएसपी सिंहले मापसे गरि सवारी चलाएको पाइएमा अवदेखि चालकलाई सम्झाई बुझाई नगरी सिधै मुद्दा चलाउने बताएका हुन ।

उनले हालसम्म मापसे गरि सवारी चलाउने ११ जनालाई मुद्दा चलाई सकेको जानकारी दिए । पछिल्लो समय सवारी दुर्घटनामा परि ज्यान गुमाउनेको संख्या बढ्दै जानुमा प्रमुख कारण मानविय लापरवाही भएको उनले औंल्याए । ‘ ट्राफिक नियम पालन गर्नु ट्राफिक प्रहरीको लागि होइन आफ्नै ज्यानको सुरक्षाको लागि हो,’ सिंहले भने ‘ ट्राफिक प्रहरीको आँखा छले भनेर मुख्ख नपरे हुन्छ ज्यानपनि जान सक्छ।’

उनले तुलसीपुरमा आफु आएपछि डेढ महिना मा १ सय ४७ स्थानमा गाँजा नष्ट गरेको र छिट्ै उपमहानगरपालिकालाई गाँजा निषेध नगरका रुपमा घोषणा गर्ने बताए । टोल–टोलमा शान्ति सुरक्षा कायम गर्न सुरक्षा समिति गठन अभियानलाई तीब्रता दिइएको उनले जानकारी दिए ।

सवारी दुर्घटना न्यूनिकरण सल्यान रोडमा ट्राफिक संकेत बोर्ड
राप्ती लोकमार्ग अन्तर्गत तुलसीपुर–सल्यान सडकखण्डमा हुने गरेका सवारी दुर्घटना न्यूनिकरण गर्न ट्राफिक संकेत बोर्ड राखिएको छ । अस्थायी प्रहरी पोष्ट गोठिखोलाले ट्राफिक संकेत बोर्ड राखिएको हो । बढे दुर्घटना न्युनिकरणका लागि शुक्रवार तुलसीपुर उपमहानगरपालिका वडा नं ३ गोठिखोला देखि तुलसीपुर–सल्यान सडक खण्डको सिमानासम्म ट्राफिक संकेत बोर्ड राखिएको हो ।

जिल्ला ट्राफिक प्रहरी दाङ,इलाका प्रहरी कार्यालय तुलसीपर र थ्रिजी कन्स्ट्रक्सन प्रालिको सहयोगमा विभिन्न जनचेतना मुलक संकेत बोर्ड राखिएको अस्थायी प्रहरी पोष्ट गोठिखोलाका इञ्चार्ज बालाराम नेपालीले जानकारी दिए । सवारीका साधनको चाप बढ्दै जाँँदा सडक साँगुरो भएको जनगुनासो आइरहेको समयमा तीव्र गतिमा सवारी चलाउँदा दुर्घटना हुन सक्ने संभावनालाई मध्यनजर गर्दै ट्राफिक संकेत बोर्ड राखिएको जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रेमप्रसाद रेग्मीले बताए ।

सानो लापरवाहीले गर्दा ठूलो क्षति हुने भन्दै हरेक नागरिकले ट्राफिक नियमको पालना गरेर मात्र सवारी साधन चलाउनुपर्ने रेग्मीले आग्रह गरे । अस्थायी प्रहरी पोष्ट गोठिखोलाले आयोजना गरेको कार्यक्रममा उनले ट्राफिक नियमको पालना गरे मानविय र भौतिक क्षति न्यूनिकरण हुने बताए । सवारी दुर्घटना न्यूनिकरण गर्न प्रत्येक विद्यालयदेखि टोल–टोलमा पुगेर जनचेतना मुलक कार्यक्रमहरु गर्नुपर्ने अन्य बक्ताहरुको जोड थियो ।

प्रकाशित मिति : २०७७ साउन ९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *