२०८१ बैशाख १५ गते शनिवार

ज्यानमार्ने उद्योगका २ फरार अभियुक्त पक्राउ

नेपालगञ्ज,साउन ९ । गत जेठ ९ गते बाँकेको खजुरा ७ गोदहानाका सोनु जसगढ भन्ने सद्दाम शेषलाई मरनासन्न हुने गरि कुटपिट गरेर फरार रहेका २ जनालाई बाँके प्रहरीले पक्राउ गरेको छ ।

कुटपिट गरि फरार रहेका उनीहरुलाई बाँके प्रहरीले ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गराएर फरार अभियुक्तको सुचिमा राखेको थियो ।

प्रहरीका अनुसार ईलाका प्रहरी कार्यालय धनौलीले फरार रहेका मध्य खजुरा–७ गोदहानाका २९ वर्षिय कलिम भाट र १९ वर्षिय समिर भाटलाई बिहिबार राती नियन्त्रणमा लिएको हो ।

गत जेठ ९ गते गोदहाना स्थित पिबिसि ईट्टा उद्योग परिसरमा जसगढलाई कुटपिट गरि फरार भएका थिए । प्रहरीले दुबै जनालाई बिहीबार गोदहानाबाट नियन्त्रणमा लिएर म्याद थप गरी अनुसंन्धान सुरु गरेको जनाएको छ ।

घटनामा संलग्न स्थानीय नजिर भाट र ईरफान भाट भने अझै परार रहेका छन् । पक्राउ परेका २ जना सहित ४ जनाको बिरुद्ध प्रहरीले ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गराएको थियो ।

पक्राउ परेको दुबै जनालाई प्रहरीले बाँके जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धानको सुरु गरेको छ ।

 

 

 

प्रकाशित मिति : २०७७ साउन ९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *