२०८१ फाल्गुन ६ गते मङ्गलवार

स्रोत नखुलेको १६ लाख बढी रकमसहित कम्प्यूटर अपरेटर पक्राउ

दाङ,साउन ८ । बाँकेस्थित भेरी अस्पतालका कम्प्युटर अपरेटर अरुणराज खनाल १६ लाख बढी रकमसहित पक्राउ परेका छन् ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय नेपालगञ्जले स्रोत नखुलेको १६ लाख १३ हजार ९ सय ७५ रुपैंया नगदसहित बिहीवार खनाललाई पक्राउ गरेको हो ।

आयोगको नेपालगञ्ज सम्पर्क कार्यालयका प्रबक्ता लोकमनि पाण्डेले अप्रेटर खनाललाई अस्पतालबाटै स्रोत नखुलेको उक्त रकमसहित पक्राउ गरिएको जानकारी दिए ।खनालमाथि थप अनुसन्धान भइरहेको प्रबक्ता पाण्डेले जानकारी दिए ।

कम्प्युटर अपरेटर खनाल अस्पतालको स्टोरकिपरको रुपमा पनि कार्यरत रहेको खुल्न आएको छ । खनालले उक्त रकम कमिसन बापत बुझेको हन सक्ने आशंका गरिएको छ । अस्पतालको उपकरण खरिदमा अनियमितता भएको उजुरी यसअघि नै अख्तियारमा परेको स्रोतले बताएको छ ।

प्रकाशित मिति : २०७७ साउन ८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *