तुलसीपुर, साउन ७ । मध्य रातमा एक महिलामाथि जवरजस्ती बलात्कार गरि फरार रहेको अभियोग खेपेका एक व्यक्तिलाई प्रहरीलेपक्राउ गरेको छ ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ निवासी ४४ बर्षीय खिमबहादुर वलीमाथि स्थानीय एक महिलालाई रातको १२ बजे जवरजस्तीबलात्कार गरेको अभियोगमा पक्राउ गरिएको प्रहरीले बताएको छ ।
वलीले गत वैशाख १७ गते आफ्नै घरमा सुतिरहेकी एक स्थानीय महिलालाई मध्यरातमा घर भित्र प्रवेश गरि जवरजस्ती बलात्कार गरेकोअभियोग लागेको छ ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रबक्ता प्रहरी निरिक्षक चक्रडम्मर पालले आरोपित वलीलाई खोज तलास गर्ने क्रममा आफ्नैघरमा लुकिछिपी बसेको अवस्थामा साउन ६ गते पक्राउ गरिएको थियो ।घटनावारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
प्रकाशित मिति : २०७७ साउन ७ गते बुधवार