२०८१ जेष्ठ १६ गते बुधवार

रोल्पाका एक संस्थापक कम्यूनिष्ट नेता बर्मन बुढाको निधन

दाङ,साउन ७ । रोल्पा जिल्लाका कम्युनिष्ट पार्टीका एक संस्थापक नेता तथा पूर्व सांसद बर्मन बुढाको निधन भएको छ ।
९० वर्षीय बुढाको बुधवार विहान बिहान साढे ४ बजेतिर ललितपुरस्थित पाटन अस्पतालमा उपचारका क्रममा निधन भएको छ ।
२०४८ को संसदीय निर्वाचनमा रोल्पा निर्वाचन क्षेत्र नम्बर १ बाट तत्कालीन संयुक्त जनमोर्चाको तर्फबाट प्रतिनिधिसभा सदस्यमा बुढा निर्वाचित भएका थिए ।
बुढा रोल्पा जिल्लाकै पहिलो कम्यूनिष्ट सदस्य हुन । स्वर्गिय बुढा एक वर्ष पहिलेदेखि आन्द्राको क्यान्सरबाट पीडित थिए । थवाङका स्थायी बासिन्दा बुढा पार्टी भित्र एक निष्ठावान नेताको छवि वनाएका व्यक्ति हुन । स्वर्गिय बुढा थवाङको मुखिया, प्रधानपञ्च समेत बनेका थिए ।
प्रतिनिधिसभा बैठकमा थवाङको स्थानीय भेषभूषामा कछाड लगाएर उपस्थित भएपछि बुढाको चर्चा चुलिएको थियो ।
माओवादीले २०५२ को सशस्त्र युद्ध सुरु गरेपछि उनको राजनीतिमा क्रियाशीलता घटेको थियो । दुई वर्षअघि राष्ट्रका लागि योगदान गरेको भन्दै राष्ट्रपतिबाट उनी विभूषित भएका थिए ।
स्वर्गिय बुढालाई अन्तिम श्रद्धाञ्जली दिन पूर्वप्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल, सभामुख अग्निप्रसाद सापकोटा, नेकपा क्रान्तिकारी माओवादीका नेता मोहन वैद्य, पूर्वसभामुखहरु ओनसरी घर्ती मगर, कृष्णबहादुर महरालगायतका नेता कार्यकर्ता आर्यघाट पुगेका थिए ।
उनको मृत्यु पछि डा. बाबुराम भट्टराई, कृष्णबहादुर महराले शोक ब्यक्तव्य जारी गर्दै श्रद्धाञ्जली व्यक्त गरेका छन् । बुढाको बुधबार नै पशुपति आर्यघाटमा अन्तिम संस्कार भएको छ ।

प्रकाशित मिति : २०७७ साउन ७ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *