२०८१ फाल्गुन ६ गते मङ्गलवार

स्यार्पु तालमा एक युवकोका शव फेला अर्काको खोजी जारी

दाङ,साउन ७ । रुकुम पश्चिमको स्यार्पु तालमा नुहाउन भनि पसेर बेपत्ता भएका दुई युवा मध्य एकजनाको शव फेला परेको छ ।

अर्का एक जनाको भने अझैं खोजी भइहेको प्रहरीले बताएको छ । बेपत्ता मध्य बाफिकोट गाउँपालिका वडा नं. ५ का २३ बर्षीय अर्जुन घर्तीको शव साढे १ बजेतिर फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुमका प्रहरी निरिक्षक हरि वलीले जानकारी दिए ।

अर्का २१ बर्षीय अनिल घर्तीको खोजी भइरहेको वलीले बताए । बुधवार दिउँसो साढे १२ बजेतिर चार जना साथीहरु नुहाउन भनि तालमा पसेको र त्यसमध्य दूई जना डुवेर बेपत्ता भएको प्रहरी निरिक्षक वलीले जानकारी दिए ।

 

 

प्रकाशित मिति : २०७७ साउन ७ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *