तुलसीपुर, साउन ६ । ‘नो पार्किङ स्थल’मा पार्किङ गरेको पाइएमा अब तुलसीपुरमा ट्राफिकले ह्विल लक गरि कारवाही गर्ने भएको छ ।रङ साईडमा पार्किङ गरेका मोटरसाईलक र गाडीहरुमा ह्विल लक गरि कारवाही गरिने ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रमुख चन्द्र केसीले जानकारी दिए । तुलसीपुरमा ह्विल लक गरि कारवाही गर्न थालिएको यो नै पहिलो अभ्यास हो ।
त्यसरी ह्विल लक लागेका सवारी चालकले तोकिएको जरिवाना न्यूनतम १ हजार ५ सय सम्म जरिवाना तिरेपछि मात्रै ट्राफिक प्रहरीले उक्त लक खोलिदिने केसीले जानकारी दिए । ‘आज हामीले सबैको जानकारीको लागि बजारमा त्यसको अभ्यास ग¥यौं,’ केसीले भने ‘अब भोलिदेखि नो पार्किङमा पार्किङ गर्नेलाई कारवाही सुरु हुनेछ।’ एउटै सवारीले पटक÷पटक गल्ती गरेको भेटिएमा अधिकतम कारवाही हुन सक्ने केसीले बताए ।
दुर्घटना न्यूनिकरण गर्न र पार्किङलाई व्यवस्थित गर्न यस्तो अभ्यास थालिएको केसीले जानकारी दिए । मंगलवार ह्विल लकको अभ्यास गर्दा इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिवबहादुर सिंह, प्रहरी निरिक्षक चक्रडम्मपर पाल लगाएका प्रहरी अधिकारीपनि उपस्थित थिए ।