साउन ६।सरकारले मंगलबार (आज) मध्यरातबाट लकडाउन अन्त्य गर्ने निर्णय गरेको छ। सरकारका प्रवक्ता युवराज खतिवडाले स्वास्थ्य मन्त्रालयको प्रस्तावमा आज राति १२ बजेबाट लकडाउन हटाउने निर्णय भएको जानकारी दिएका छन ।
यसै गरि साउन १५ गते देखि होटल, रेष्टुराँ खोल्न पाइने भएको छ भने भदौ १ गते देखि लामो दूरीका सार्वजनिक यातायात पनि सञ्चालनमा आउने भएका छन । सरकारले भदौ १ गतेदेखि अन्तर्राष्ट्रिय र आन्तरिक उडान समेत खोल्ने निर्णय गरेको छ। यद्यपी अन्तर्राष्ट्रिय सीमा भने साउन ३२ गतेसम्मलाई स्थगित गर्ने निर्णय भएको छ। सरकारले कोरोना संक्रमणको जोखिमका कारण गत चैत ११ गतेदेखि लकडाउन गरेको थियो।
प्रकाशित मिति : २०७७ साउन ६ गते मङ्गलवार