तुलसीपुर, मंसिर १४ ।
स्थानीय स्तरमा हुने आपराधिक घटना न्यूनीकरणका लागि सामुदायीक प्रहरी साझेदारी कार्यक्रमका लागि ईलाका प्रहरी कार्यालय तुलसीपुर र तुलसीपुर उपमहानगरपालिकाबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
महिला हिंसा, लागूऔषध सेवन लगायतका अपराध र सामाजिक विकृति विसंगतिका विरुद्ध सचेतना फैलाउने उद्देश्यले कार्यक्रम सञ्चालन गर्न लागिएको तुलसीपुर इलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी प्रेमराज शाहीले वताए ।
‘महिलाहरुले कुनै पनि अप्ठेरोमा पर्दा प्रतिरक्षा गर्न सकून् भन्नका यस्तो तालिमको आवश्यकता रहेको छ’ नगरप्रमुख पाण्डेले भने ।
उनले उपमहानगरपालिकासँग मिलेर प्रहरीले हरेक ठाउँमा सचेतना अभियान सञ्चालन गर्ने समेत बताए । ‘समुदायलाई नै परिचालन गरेर हामीले काम गर्नेछौ’ उनले प्रहरी र समुदायका मानिसहरु सँगसँगै रहेर काम अगाडि बढाउनेसमेत जानकारी दिए ।
कार्यक्रम लागू भएसँगै वडा, टोल र बस्तीका साथै विद्यालयमा केन्द्रित रहेर विभिन्न समूह गठन गरिने पनि शाहीले जानकारी दिए । उनले विभिन्न समूहलाई जनचेतनामूलक काममा अग्रसर गराइने समेत जानकारी गराए ।
तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले प्रहरीसँग मिलेर काम गर्नका लागि उपमहानगर तत्पर रहेको बताउँदै प्रहरीको सहयोगमा उपमहानगरपालिकाले बालिकाहरुलाई प्रतिरक्षा तालिम दिनुपर्ने आवश्यकता रहेको बताए । ‘महिलाहरुले कुनै पनि अप्ठेरोमा पर्दा प्रतिरक्षा गर्न सकून् भन्नका यस्तो तालिमको आवश्यकता रहेको छ’ नगरप्रमुख पाण्डेले भने ।