२०८२ जेष्ठ ११ गते शुक्रवार

सडकको बीचमै नर्तिका स्थानीयले केरा रोपे

ओमप्रकाश गुप्ता,
सिसहनिया, साउन ६ । दाङ देउखुरीको लमही नगरपालिका वडा नम्बर १ नर्तिका स्थानीयले राजमार्गमै केराको रुख रोपेका छन् ।विरोध स्वरुप पुर्ब पश्चिम राजमार्गमा स्थानीयले बीच सडकमै केराको बोटहरु रोपेका हुन । सडकमा ठूला खाल्डा खुल्डी परेपछि मर्मतका लागि स्थानीयले सम्बन्धित निकायलाई पटक÷ पटक ध्यानाकर्षण गराएका थिए ।

तर त्यसको बेवास्ता गरेपछि स्थानीयले बिरोध स्वरुप केराको रुख नै रोपका हुन । सडक बिग्रेको लामो समयसम्म मर्मत नहुँदा दुर्घटनाको उच्च जोखिम बढेको तथा सर्वसाधारणलाई हिड्डुल गर्न समेत कठिन भएपछि केराको बोटहरु रोपिएको स्थानीयले बताएका छन् ।

बर्षाका कारण लमहीदेखि पुर्ब तर्फको मुख्य राजमार्गको अवस्था दिनप्रतिदिन जिर्ण बन्दै गएको छ । खाल्डा खुल्डी युक्त सडकमा ह्याभ्भि लोडेर सवारी गुड्दा राजमार्गमै भैंसी आहाल बस्ने जस्ता ठूला खाडल बनेका छन् । जस्ले गर्दा दुर्घटनाको जोखिम बढेको छ ।

प्रकाशित मिति : २०७७ साउन ६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *