तुलसीपुर,साउन ५ । तुलसीपुर उपमहानगरपालिका वडा नं। ८ निवासी ४४ बर्षीय नारायण वली बलात्कारको अभियोगमा पक्राउ परेका छन् ।
वलीमाथि आइतवार राति साढे ९ बजेतिर तुलसीपुर ४ रक्षाचौरमा डेरा बस्दै आएकी २८ बर्षीया एक महिलालाई जवरजस्ती बलात्कार गरेको अभियोग लागेको छ ।
बलात्कार पछि वलीले आफु विप्लवको कार्यकर्ता भएको भन्दै कतै भने ज्यान लिने धम्कि दिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक प्रहरी प्रबक्ता चक्रडम्मर पालले जानकारी दिए ।
जवरजस्ती बलात्कार पछि माग्दै गरेका वलीलाई पीडित महिलाले नै खवर गरेर प्रहरी बोलाएको र उनलाई भाग्दै गर्दा राति दश बजेतिर नियन्त्रणमा लिइएको इप्रकाका प्रबक्ता पालले बताए ।
घटनावारे थप अनुसन्धान सुरु भएको पालले जानकारी दिए ।
प्रकाशित मिति : २०७७ साउन ५ गते सोमवार