२०८१ जेष्ठ १६ गते बुधवार

त्रिवि उपकुलपतिको कार्यकक्षमा नेविसंघले लाता लगायो

दाङ,साउन ५ । नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयको उपकुलपति, रजिष्ट्रार र रेक्टरको कार्यालयमा तालाबन्दी गरेको छ ।
नेविसंघ त्रिभूवन विश्वविद्यालय समितिका सचिव योगेन्द्र रावलले विज्ञप्ति मार्फत त्रिविले हालै गरेका नियुक्तिहरू मापदण्डविपरीत रहेको बताएका छन् ।
विश्वविद्यालयमा भएका नियुक्तिमा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका कार्यकर्ताहरू भर्ति गरेको उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । हालै नियुक्ति गरिएका विभागीय प्रमुख, क्याम्पस प्रमुख, डिनहरूको नियुक्ति खारेज गरी विश्वविद्यालय मापदण्ड अनुसार नियुक्त नगरेसम्म अनिश्चितकालीन तालाबन्दी कायम रहने विज्ञप्तिमा उल्लेख छ ।
विश्वविद्यालयको व्यवस्थापनभन्दा पनि अमुक पार्टीका कार्यकर्ताको व्यवस्थापन गर्ने थलो बनाउन खोजिएको भन्दै त्यसको विरोध स्वरुप नेविसंघले तालावन्दी गरेको सचिव रावलले जानकारी दिएका छन् ।
मापदण्ड अनुसार निष्पक्षताका आधारमा रिक्त पदपूर्ति गर्न उनले माग गरेका छन् ।

प्रकाशित मिति : २०७७ साउन ५ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *