२०८१ बैशाख १५ गते शनिवार

नक्कली बिलबुक बनाउने ५ जना तुलसीपुरबाट पक्राउ

तुलसीपुर, साउन ४ । प्रहरीले नक्कली कागजात बनाउन सहयोग गरेको अभियोगमा यातायात व्यवस्था कार्यालय तुलसीपुरका कार्यालय सहयोगीसहित ५ जनालाई पनि प्रहरीले पक्राउ गरेको छ ।

आइतवार जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरि प्रहरीले पक्राउ परेकाहरुलाई नक्कली कागजात सहित सार्वजनिक गरेको हो । चार जनाको मिलेमतोमा सरकारी छाप किर्ते गरी नक्कली व्लुबुक बनाइरहेको सुचनाको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा यातायात व्यवस्था कार्यालय तुलसीपुरका कार्यालय सहयोगी तुलसीपुर–४ निवासी ४८ बर्षीय कृष्णप्रसाद खनाल, तुलसीपर–६का २१ बर्षीय अव्दुल हफिस सिद्धिकी, वडा नं. ६ कै ३७ बर्षीय जीवन पोख्रेल र सोही ठाउँका ३२ बर्षीय बिष्णु घिमिरे र वडा नं. ५ का चक्रबहादुर वली रहेका छन् ।

उनीहरुमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रमुख एसपी गणेश चन्दले जानकारी दिए । प्रहरीले जीवन पोख्रेल, चक्रबहादुर वली र बिष्णु घिमिरेलाई प्रदेश ५ सरकार भौतिक पूर्वाधार मन्त्रालय यातायात व्यवस्थाप कार्यालय दाङ लेखेको छाप एक थान, शाखा अधिकृतको छाप एक थान र एक लाख रुपैंया नगदसहित पक्राउ गरेको पत्रकार सम्मेलनमा चन्दले बताए ।

उनीहरुसंग मोटरसाइकल चोरी गर्ने र मोडिफाई गर्ने गिरोहसँग संलग्नता हुन सक्ने आशंका रहेको एसपी चन्दले बताए । त्यसवारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

 

 

प्रकाशित मिति : २०७७ साउन ४ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *