२०७८ जेष्ठ २ गते आइतवार

चोरीका १० मोटरसाईकल सहित १४ युवाहरु पक्राउ ? ( नाम ठेगानासहित)

तुलसीपुर, साउन ४ । दश थान चोरीका मोटरसाईकलसहित १४ जना पक्राउ परेका छन् ।प्रहरीले आइतवार जिल्ला प्रहरी कार्यालय घोराहीमा पत्रकार सम्मेलन गरि उनीहरुलाई सार्वजनिक गरेको छ । प्रहरीले बजाज कम्पनीका सात वटा, केटिएम ड्यूक एक र एउटा यामहा कम्पनीका मोटरसाईकल पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख एसपी गणेश चन्दले जानकारी दिए ।
जसमा रा ४ प ५८३२ नम्वरको २२० सिसीको पल्सर, रा २ प ५०४४ को १५० सिसीको पल्सर, लु ४५ प ८४७ नम्परको १५० सिसीको पल्सर र रा ४ प ६०३९ नम्वर २२० सिसीको पल्सर, रा ४ प २४६, लु ४ प ४१११ र एउटा नम्वर नखुलेको मोटरसाईकल पक्राउ गरेको दाङ जिल्ला प्रहरी प्रमुख एसपी चन्दले पत्रकार सम्मेलनमा जानकारी दिए ।
त्यसैगरी चोरीको बा ७६ प २९७६ र बा ८५ प ६१५ नम्वरको केटिएम ड्यूक र रा ४ प ६२१९ आर १५ मायाहा कम्पनीको मोटरसाइकल पक्राउ गरिएको छ ।
यसरी मोटरसाईलक चोरी गर्ने कार्यमा घोराही उपमहानगरपालिका– १३ निवासी १८ बर्षीय संजय परियार, घोराही–१४ का २३ बर्षीय समिर सुनार, सोही ठाउँका २१ बर्षीय सुवास कार्की, सोही ठाउँकै ३५ बर्षीय केन्द्रबहादुर डाँगी, घोराही–१६ का २१ बर्षीय सागर हमाल, घोराही–१७ का २३ बर्षीय निरज योगी रहेको प्रहरीले जानकारी दिएको छ ।
त्यस्तै लमही नगरपालिका–७ निवासी २५ बर्षीय प्रकाश चौधरी, सोही ठाउँ निवासी २५ बर्षीय पाल्टुराम चौधरी, सोही ठाउँ निवासी २७ बर्षीय हेमन्त गिरी, सोही ठाउँकै २४ बर्षीय धनिराम चौधरी, राजपुर गाउँपालिका–२ बेला निवासी १९ बर्षीय आयोज चौधरी,सोही ठाउँका २२ बर्षीय प्रियतम चौधरी, सोही ठाउँका २७ बर्षीय रविप्रताव यादव र सोही ठाउँका २७ बर्षीय राजकुमार यादवलाई पक्राउ परेको प्रहरी प्रमुख चन्दले पत्रकार सम्मेलनमा जानकारी दिएका हुन ।
उनीहरुमाथि थप अनुसन्धान भैइरहेको समेत चन्दले जानकारी दिएका हुन । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले जिल्लाका विभिन्न स्थानमा चोरी गरिएका र स्वरुप परिवर्तन (मोर्डिफाई) गरिएका १० जना मोटरसाईकल पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङ प्रहरी प्रमुख गणेश चन्दले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २०७७ साउन ४ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *