घोराही, साउन ३ । लायन्स क्लव इन्टरनेशलन ३२५ बी टू अन्तरगत एरिया नं. ५ ले घोराही उपमहानगरपालिकालाई कोरोना भाइरसको परिक्षणका लागि आवश्यक पर्ने भिटिएम प्रदान गरेको छ । लायन्स क्लव इन्टरनेशनलबाट प्राप्त एक हजार थान भिटिएम घोराहीलाई र आठ सय थान भिटिएम तुलसीपुर उपमहानगरपालिकालाई प्रदान गरिएको छ ।
लायन्स क्लव एरिया नं. ५ ले शनिबार घोराहीमा कार्यक्रम आयोजना गरेर एक हजार थान भिटिएम घोराही उमहानगरपालिका वडा नं. १५ का अध्यक्ष रमेश पाण्डेलाई हस्तान्तरण गरेको हो । एरिया चिफ लायन युवराज थपलियाको अध्यक्षतामा भएको कार्यक्रममा लायन्स क्लव ३२५ वि टुका डिस्ट्रिक कोर्डिनेटर विनोद श्रेष्ठ लगायतले भिटिएम प्रदान गरेका हुन ।
कुनै व्यक्तिको स्वाव लिनका लागि आवश्यक पर्ने भिटिएम प्राप्त भएपछि थप एक हजार जनाको स्वाव संकलन गर्न सकिने भएको छ । घोराही वडा नं. १५ का अध्यक्ष पाण्डेले वडा मार्फत प्राप्त सवै भिटिएम उपमहानगरपालिकालाई उपलव्ध गराउने बताए । उनले ग्रामिण क्षेत्रमा पनि स्वाव संकलनका लागि भिटिएम पठाउने बताए ।
लायन्स क्लवले देशभर अस्पतालका लागि भिटिएम प्रदान गरेको भएपनि दाङ जिल्लामा मात्रै उपमहानगरपालिकालाई प्रदान गरिएको छ ।एक हजार भिटिएमको मूल्य करिव तीन लाख रुपैया पर्ने जानकारी दिंदै लायन्स क्लव ३२५ विटु अन्तरगत एरिया ५ का पूर्व एरिया चिफ लव अधिकारीले लायन्स क्लवले विगतदेखि नै सामाजिक क्षेत्रमा काम गरिरहेको जानकारी दिए । कोभिड–१९ को रोकथामका लागि नेपालमा गरिएको लकडाउन संगै विभिन्न राहत हस्तान्तरण गरिरहेको उनले बताए ।
लायन्स क्लवका डिस्ट्रिक कोर्डिनेटर विनोद श्रेष्ठले नेपालमा रहेको चारवटै डिष्ट्रिक मार्फत स्वास्थ्थ्य सामग्री प्रदान गरिएको बताए । नेपालमा भिटिएम नहुँदा स्वाव संकलनमा कठिनाइ भइरहेकाले सवैजसो जिल्लामा स्वाव संकलनका लागि भिटिएम पठाइएको उनले बताए ।
कार्यक्रममा घोराही उपहानगरपालिका वडा नं. १५ का शहरी स्वास्थ्य हिरण्य शर्माले नेपालमा कोभिड–(१९ को अवस्था, त्यसले पारेको प्रभाव र भिटिएमको आवश्यकताका बारे मनतब्य व्यक्त गरेका थिए ।कार्यक्रमको संचालन एरिया सेक्रेटरी सरस्वती सुवेदीले गरेकी हुन ।