२०८१ माघ १३ गते आइतवार

दाङमा गतवर्ष वनमा डढेलो शून्य

दाङ, साउन ३ । गतवर्ष दाङमा वन डढेलो शून्य रहेको डिभिजन वन कार्यालय दाङले बताएको छ ।
उस्ले आफ्नो कार्यक्षेत्र रहेको वनमा गत बर्ष कतैपनि डढेलो नसल्किएको जानकारी दिएको छ । डिभिजन प्रमुख दिपक ज्ञवालीले आफ्नो कार्य क्षेत्र रहेको ६ वटा पालिकामाका कुनै पनि वनमा वन डढेलो नलागेको बताए । कार्यालयले गत बर्षलाई शून्य डढेलो बर्ष घोषणा गरेको उनले बताए ।
डिभिजन वन कार्यालय अन्तर्गत पर्ने दाङका ६ वटा स्थानीय तहको कुनै पनि वन क्षेत्रमा आगलागी नभएको हुँदा शून्य डढेलो बर्ष घोषना गरिएको ज्ञवालीले जानकारी दिए ।
वन डढेलोको दृष्टिकोणले यो क्षेत्र अति संवेदनशिल क्षेत्रमा पर्ने भएपनि गत बर्ष वनमा डढेलो कतै नगएको उनले बताए । उनले मौषमले साथ दिनु र कार्यालयको सक्रियताले वनमा आगलागी कम भएको बताएका छन् ।
कार्यालयलले गएको बर्षमा दाङमा शून्य वन डढेलो महाअभियान शुरु गरेको र कतै डढेलो नलाग्नुलाई ठूलो उपलब्धी मान्नु पर्ने उनले तर्क गरे । पछिल्लो सात बर्षमा दाङका बिभिन्न ४ सय ६३ स्थानमा वन डढेलो लागेको डिभिजन वन ज्ञवालीले जानकारी दिए ।
दाङमा १ जनाको मृत्य, ९ घर, ५ सय ३४ क्यूफिट काठ जलेर नष्ट भएको थियो । आगलागीका कारण दाङमा ४२ हजार ६ सय १९ हेक्टर वन क्षेत्र प्रभावित भएको प्रमुख ज्ञवालीले बताए ।
लकडाउनले पर्यटन पूर्वाधारमा थोरै खर्च
दाङमा पर्यटन प्रवद्र्धन तथा विकासमा ४४ प्रतिशत रकम खर्च भएको छ । आर्थिक वर्ष २०७६÷०७७ मा ११ करोड रकम मध्य आधा कम ४ करोड मात्रै खर्च भएको छ ।
पर्यटकीय प्रवद्र्धनका लागि प्रदेश सरकारबाट आएको ११ करोड मध्य ४४ दशमलव २९ अर्थात ४ करोड ८७ लाख १९ हजार एक सय ९६ रुपैंया खर्च भएको छ ।
डिभिजन वन कार्यालय घोराहीका प्रमुख ज्ञवालीका अनुसार घोराही उपमहानगरपालिका–१३ मा रहेको ब्राहकुने दल बहुउद्देश्य पार्क निर्माण र दंगिशरण गाउँपालिकामा कल्चरल पार्क तथा शालिक निर्माणमा बजेट खर्च हुन सकेन । लकडाउनका कारण काम गर्न नसक्दा धेरै बजेट फिर्ता भएको उनले बताए ।
तुलसीपुरको चमेरे गुफा तथा सुकेदह संरक्षण एवं सौन्दर्यकरण गर्ने काम, छिल्लीकोट पर्यटकीय क्षेत्र संरक्षण, पुरन्धारा झरना गुरुयोजना निर्माण तथा पानीको मुहान संरक्षण, तुलसीपुरमा बोटानिकल गार्डेन, घोराहीमा मल्टिपर्पोज बोटानिकल गार्डेन निर्माण, शहीद स्मारक पार्क निर्माण, धारापानी धार्मिक क्षेत्रमा पार्कसहित भौतिक पूर्वाधार निर्माण, बंगलाचुलीमा पार्क निर्माण, तुलसीपुरमा नवदुर्गा सामुदायिक आधुनिक ग्रीनपार्क निर्माण लगायतका काम भने भएको ज्ञवालीले बताएका छन् ।

प्रकाशित मिति : २०७७ साउन ३ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *