दाङ,साउन २ । दाङमा शुक्रवार ५ बर्षीय बालकसहित ५ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।
दंगिशरण गाउँपालिका वडा नं. ६ का ५ बर्षीय बालकमा पनि कोरोना संक्रमन भेटिएको छ । उनी छिमेकी देश भारतवाट आएका हुन ।
आमा, बुवा र दिदी संगै आएर क्वारेन्टिनमा बसेको मध्य ती बालकालाई मात्रै संक्रमन पुष्टि भएको छ । गाउँपालिकाका स्वास्थ्य संयोजक दशरथ गिरीका अनुसार शुक्रवार गाउँपालिकाको वडा नं. ३ निवासी ३० बर्षीय एक युवालाई पनि कोरोना संक्रमन फेला परेको छ । उनी साउदी अरबबाट आएर क्वारेन्टिनमा बस्दै आएका थिए ।
त्यस्तै तुलसीपुर उपमहानगरपालिकामा शुक्रवार थप तीन जनामा कोरोना संक्रमन फेला परेको छ । उपमहानगरपालिकाका स्वास्थ्य संयोजक विमल केसीका अनुसार कतारवाट आएका तुलसीपुर ४ का २० बर्षीय युवा र सोही वडा निवासी साउदीबाट आएका ३२ बर्षीय युवालाई पनि कोरोना संक्रमन फेला परेको छ । त्यस्तै कुवेतवाट आएका तुलसीपुर १६ का ३४ बर्षीय युवामा पनि कोरोना संक्रमन फेला परेको जानकारी दिए । बाँके स्थित भेरी अस्पतालमा गरिएको पिसिआर परीक्षणका क्रममा उनीहरुलाई संक्रमन पुष्टि भएको हो ।