दाङ,साउन २ । शुक्रवार एकै दिन प्रदेश ५ मा मास्क नलगाउने ६ सय ३८ जना कारवाहीमा परेका छन् । ५ नम्वर प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङका प्रहरी प्रबक्ता प्रहरी बरिष्ठ उपरिक्षक राजकुमार बैदवारका अनुसार बर्दियामा ३ सय ८०, रुपन्देहीमा ४५, अर्घाखाँचीमा ९ र प्यूठानमा २०४ जना गरि कुल ६ सय ३८ जना कारवाहीमा परेका हुन ।
त्यसमा महिला २ सय ७१ र पुरुष ३ सय ६७ रहेको प्रहरीले बताएको छ ।
प्रकाशित मिति : २०७७ साउन २ गते शुक्रवार