२०८१ बैशाख १५ गते शनिवार

शुक्रवार सम्म दाङमा ५२ हजार टिमुरका बिरुवा रोपियो


दाङ, साउन २ । दाङमा ५२ हजार टिमुरका बिरुवा रोपिएको छ । स्थानीयलाई आर्थिक आयआर्जन सँग जोड्नका लागि डिभिजन वन कार्यालय दाङले पहाडी भेगमा ५२ हजार टिमुरका विरुवा विरतण गरि रोपेको हो । यो वर्ष एक लाख टिमुरका बिरुवा रोप्ने लक्ष्य उस्ले लिएको भएपनि साउन २ गतेसम्म ५२ हजार बिरुवा रोपी सकेको डिभिजन वन अधिकृत दीपक ज्ञवालीले जानकारी दिए । तुलसीपुरको नाउला, छिल्लीकोट, बंगलाचुली गाउँपालिका र घोराही उपमहानगरको सैघामा टिमुरका बिरुवा रोपिएको छ ।

सामुदायिक वन र व्यक्तिका पाखो बारीमा टिमुरका बिरुवा रोपिएको छ । घोराही उपमहानगरपालिका १९ राम्चेको मदन आश्रित सामुदायिक वन क्षेत्रमा २ हजार ३ सय टिमुरका बिरुवा रोपिएको छ । उपभोक्ताहरुको सहभागितामा २ हजार ३ सय टिमुर, ७ सय वटा मालागेडी र दालचिनीका बिरुवा रोपिएको छ । कार्यक्रममा घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीपनि सहभागि भएका थिए ।उनले अब सबै सर्वसाधारण आम्दानी हुने खालका व्यवसायमा जोडिनुपर्ने तर्क गरे ।

प्रकाशित मिति : २०७७ साउन २ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *