साउन १ । नेपालमा बितेको २४ घण्टामा थप १६७ जनामा कोरोना भाइरस संक्रमित थपिएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका २७ वटा ल्याबमा ४ हजार ९८१ नमुना परीक्षण गर्दा १६७ जनामा संक्रमण पुष्टि भएको हो ।
आज थपिएका सहित नेपालमा संक्रमितको संख्या १७ हजार ३४४ पुगेको छ । उनीहरुमध्ये ११ हजार २४९ जना निको भएका छन् भने ३९ जनाको मृत्यु भएको छ । बितेको २४ घण्टामा २१३ जना निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति : २०७७ साउन १ गते बिहिवार