२०८२ बैशाख ११ गते बुधवार

तुलसीपुर उपमहानगरपालिकामा आजदेखि बैंकवाट मात्रै आर्थिक कारोवार

तुलसीपुर,साउन १ ।  तुलसीपुर उपमहानगरपालिकामा अबदेखि सेवाग्राहीहरुले तिर्नुपर्ने पैसा अनिवार्यरुपमा बैंकमा जम्मा गर्नुपर्ने भएको छ ।

आर्थिक सुशासनका साथै बैंकिङ प्रणालीमा सेवाग्राहीलाई अभ्यस्त वनाउन उपमहानगरपालिकामै बैंकको काउन्टर स्थापना गरिएको छ ।

जसमा मेगा बैंकलाई काउन्टर स्थापनाका लागि स्वीकृति दिइएको उपमहानगरपालिकाका वित्तीय अधिकृत ललितवहादुर घर्तीले जानकारी दिए ।

गत वर्ष नै काउन्टर उद्घाटन गर्ने भनिए पनि राष्ट्र वैकसंगको प्रक्रियामा भएको ढिलाइ भएका कारण विहीवारदेखि मात्रै सञ्चालन गर्न सकिएको वैंकको म्यानेजर राजन भण्डारीले जानकारी दिए ।

काउन्टरको उद्घाटन गर्दै नगरप्रमुख घनश्याम पाण्डेले ‘क्यासलेस’ वनाउने लक्ष्य पुरा भएकोमा खुसी व्यक्त गरे । उनले अनौपचारिक कारोबारलाई रोक्नका लागि वैंकिङ प्रणालीको ठूलो महत्व हुने बताए ।

हरेक नागरिकलाई बैंकिङ प्रणालीसँग जोड्न सके मात्रै औपचारिक कारोबार वृद्धि हुने उनको विश्वास छ । वित्तीय साक्षरता अहिलेको आवश्यकता भएको भन्दै पाण्डेले आगामी वर्षबाट उपमहानगरपालिकाको हरेक पेमेन्ट अनलाइनबाट गर्ने गरी काम अगाडि वढाएको जानकारी दिए ।

तुलसीपुर उद्योग वाणिज्य संघको निवर्तमान अध्यक्ष विमल रिजालले वैंकिङ प्रणालीले आर्थिक पारदर्षिता ल्याउने आषा व्यक्त गरे ।

धेरै मानिस बैकको पहुँचबाट टाढा रहेको उल्लेख गर्दै तुलसीपुर वैंकर्सका अध्यक्ष सरोज लामिछानेले यसले उनीहरुलाई बैंकिङ प्रणालीसँग जोडेर लैजाने आशा व्यक्त गरे ।

बैकको म्यानेजर राजन भण्डारीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण उपमहानगरपालिकाका प्रेस संयोजक वसन्त आचार्यले गरेका थिए ।

 

 

 

 

प्रकाशित मिति : २०७७ साउन १ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *