तुलसीपुर,साउन १ । लमही–घोराही सडक खण्डको मुसोटमा विहीवार विहान जीपन हुँदा एकजनाको मृत्यु भएको छ भने थप चार जना घाइते भएका छन् । दुर्घटनाका घाइते मध्य तुसीपुर उपमहानगरपालिका वडा नं. १५ निवासी २२ बर्षीय पदम वलीको उपचारका क्रममा मृत्यु भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका क्रममा विहीवार विहान वलीको मृत्यु भएको दाङका प्रहरी प्रबक्ता सुमित खड्काले जानकारी दिएका छन् ।
दुर्घटनामा परि तुलसीपुर १५ का २६ बर्षीय देवराज वली र २४ बर्षीय गोपल श्रेष्ठ गम्भीर घाइते भएको डिएसपी खड्काले बताए । गम्भीर घाइते दुबै जनालाई थप उपचारका लागि बाँकेस्थित कोहलपुर मेडिकल कलेज रिफर गरिएको प्रहरीले बताएको छ । देवराजलाई अनुहार र टाउकोमा चोट रहेको छ भने श्रेष्ठलाई टाउको लगाएत दुबै हात खुट्टामा चोट रहेको प्रहरीले जानकारी दिएको छ ।
उक्त दुर्घटनामा परि जीपका चालक तुसलीपुर १५ कै ३८ बर्षीय भिमबहादुर वली र सोही ठाउँकै १७ बर्षीय विशाल वलीपनि घाइते भएका छन् । चालकको अवस्था सामान्ने रहेको छ भने विशालको अवस्था मध्य रहेको प्रहरीले बताएको छ । उनीहरुको घोराहीमै उपचार भइरहेको छ ।
विहीवार विहान साढे ५ बजेतिर दाङको तुलसीपुरवाट कपिलबस्तुको कृष्णनगर जान भनि हिडेको रा १ च ९६६२ नम्वरको बोलेरो जीप अनियन्त्रित भएर घोराही उपमहानगरपालिका वडा नं. ३ मुसोटकमा दुर्घटनामा परेको थियो । प्रहरीका अनुसार जीप अनियन्त्रित भइ भित्तामा ठोक्किएको थियो । घटनावारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।