तुलसीपुर,असार ३१ । दाङमा कुवेत र दुबईवाट आएका पाँच जनामा कोरोना संक्रमण देखिएको छ।
पाँचै जना मध्य चारजना कुवेतबाट र एकजना दुबईवाट आएका व्यक्तिमा संक्रमण फेला परेको छ । बाँकेको भेरी अस्पतालमा मंगलवार गरिएको पिसिआर परिक्षणका क्रममा उनीहरूमा कोरोना संक्रमण देखिएको हो।
संक्रमितहरु बबई गाउँपालिका वडा नम्बर ६ का ४३ र ३८ वर्षीय पुरुष, वडा नम्बर २ का २४, वडा नम्बर ३ का २८ र वडा नम्बर ४ का ४२ वर्षीय पुरुषमा संक्रमन पुष्टि भएको बबई गाउँपालिका अध्यक्ष भवनेश्वर पौडेलले जानकारी दिए।
उनीहरु दूई हप्ता पहिले विदेशवाट आएपछि क्वारेन्टिमा बस्दै आएकाहरु भएको पौडेलले बताए ।
यो सँगै जिल्लामा कोरोना संक्रमितको संख्या ६ सय ३० पुगेको जानकारी दिइएको छ । दाङमा कोरोनालाई जितेर चार सय ७९ जना घर फर्कि सकेका छन् ।
प्रकाशित मिति : २०७७ असार ३१ गते बुधवार