२०८१ माघ १२ गते शनिवार

रोल्पा सिमेन्ट उद्योगका महाप्रवन्धकमथि भान्सेलाई यौन दुरव्यवहार गरेको आरोप

तस्विर ः फरककोण
रोल्पा, असार ३१ । रोल्पा सिमेन्ट उद्योग प्रालिका महाप्रवन्धक रविलालकान्त कर्णमाथि उद्योगमै कार्यरत एक महिलाले आफुमाथि दुरव्यवहार गरेका आरोप लगाएका छिन ।
उद्योगमा खाने पकाउने काम गर्दै आएकी त्रिवेणी गाउँपालिका वडा नं. ३ निवासी एक २३ बर्षीया ती महिलाले महाप्रवन्धक कर्णले आफुमाथि तीन दिन अगाडि दिउँसै किचेनमा जवरजस्ती हातपात गर्नुको साथै बलात्कारको प्रयास गरेको आरोप लगाएकी हुन ।
‘उस्ले मलाई जवरजस्ती हातपात ग¥यो’, उनले भनिन् ‘ अनि म फुत्किएर रुँदै चिच्याउँदै गुहार मागेपछि उस्ले मलाई छोडेर गयो।’
घटनावारे पीडित महिलाले त्रिवेणी ३ स्थित अस्थायी प्रहरी पोष्ट कोइलामा जाहेरी दिएको बताइन । पोष्टका प्रमुख इश्वरीप्रशाद भण्डारीले दूई दिन अगाडि पीडित महिला आफन्तसहित चौकीमा आएर आफुमाथि उद्योगका महाप्रवन्धक कर्णले दुरव्यवहार तथा जवरजस्ती बलात्कारको प्रयास गरेको भन्ने ठाडो उजुरी दिएको जानकारी दिए ।
‘हामीलाई यहाँ लिखित मुद्दा बुझ्ने अख्तियारी छैन,’ सई भण्डारीले भने ‘ त्यही भएर मैले उहाँलाई इलाका प्रहरी कार्यालय होलेरीमा गएर लिखित जाहेरी दिन सल्लाह दिएर पठाएको हुँ।’असई भण्डारीले महिलामाथि दुरव्यवहारको आरोप खेपेका उद्योगका महाप्रवन्धक कर्णलाई आफुले फोन गरेर बुझ्न खोज्दा आफु केही दिन पहिले दाङमा आएको तथा प्रेसरको विरामी भएको हुँदा उपचार गराई रहेको भन्ने जानकारी दिएको बताए ।
अभियोगवारे बुझ्न खोज्दा महाप्रवन्धक कर्ण फोन सम्पर्कमा आउन चाहेनन् । पीडित महिलाले आफुले जाहेरी दिन खोज्दापनि प्रहरीले त्यो जाहेरी बुझ्न नमानेको भन्दै आक्रोस व्यक्त गरिन । उनले दोषीलाई जोगाउन षडेन्त्र भइरहेको आरोप लगाइन ।
यसैबीच स्थानीय सर्वसाधारणले दोषी महाप्रवन्धक कर्णमाथि कारवाहीको माग गर्दै मंगलवार उद्योग परिशरमा नारावाजी गरेका छन् ।
तस्विर ः फरककोण

प्रकाशित मिति : २०७७ असार ३१ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *