२०७८ जेष्ठ २ गते आइतवार

तुलसीपुरमा साउन १ गतेदेखि मास्क नलगाउनेलाई आर्थिक कारवाही

तुलसीपुर,असार ३० । साउन १ गते मास्क नलगाएर हिड्नेलाई तुलसीपुरमा आर्थिक जरिवाना हुने भएको छ । तुलसीपुर उपमहानगरपालिको विपद् व्यवस्थापन समितिको वैठकले मंगलवार मास्क नलगाई हिड्ने जो कोहीलाई एक सय रुपैंया जरिवाना गर्ने निर्णय गरेको हो ।

नगरप्रमुख घनश्याम पाण्डेले मास्क नलगाएर हिड्ने जो कोहीलाई साउन १ गतेदेखि एक सय रुपैंया जरिवाना हुने जानकारी दिए । उनले लकडाउन खुकुलो भएसंगै बजारमा भिडभाड बढेको र मास्क नलगाई हिड्नेहरुको संख्या पनि बढेको हुँदा कोरोना संक्रमन फैलिन नदिनका लागि त्यस्तो निर्णय गरिएको मेयर पाण्डेले बताए ।

प्रकाशित मिति : २०७७ असार ३० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *