यमकला भुसाल,
तुलसीपुर,असार ३० ।यातायात व्यवसायीले ४ महिनासम्मको किस्ताको समय थप गर्नुपर्ने माग गरेका छन् ।त्यस्तै उनीहरुले प्रत्येक सवारी चालकको जिवन विमा गराई दिनुपर्ने, रोकिएका गाडी सञ्चालन गर्न लाग्ने खर्च सरकारले हेरिदिनुपर्ने आग्रह गरेका छन् ।तुलसीपुर उपमहानगरपालिकाको विपद व्यवस्थापन समितिले मंगलवार गरेको छलफलमा उनीहरुले करिब ४ महिना सम्म यातयातका साधनमा सञ्चालनमा नआउँदा आफुहरु ठूलो मर्कामा परेको बताए ।
आफुहरुको काम, दाम, माम यो अवधिमा शुन्य अवस्थामा पुगेको भएपनि राज्यले कुनै राहातका प्याकेज नलाएको उनीहरुले बताए । यातयात व्यवसायीहरु घनश्याम बस्नेत, सुवर्णराज भण्डारी,प्रकाश भटट्ट, केशवबहादुर भण्डारी लगाएतले आफुहरुले राखेका माग सम्बोधन भए मात्र यातयातका साधन सञ्चालन गर्न सकिने तर्क गरे ।
जवाफमा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले व्यवसायीहरुका लागि बिमा वाफतको ५० प्रतिशत रकम उपमहानगरपालिकाले व्यहोर्न र अन्य मागहरुका लागि सम्बन्धित निकायंग छलफल अगाडि बढाउने आश्वासन दिएका छन् । उनले साउन १ गतेदेखि सुरक्षाका उपाएहरु अपनाउदै यातयातका साधनहरु सञ्चालन गर्न आग्रह समेत गरे ।साउन १ गतेदेखि टेम्पुहरु जोर÷बिजोर मात्र चल्ने र प्रतिटेम्पु ३ जना मात्र राख्न पाइने उनको भनाइ थियो ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिवबहादुर सिहले ७५ प्रतिशत नागरिकले मास्क नलगाई हिड्ने गरेको र साउन १ गतेदेखि मास्क नलगाई हिड्ने व्यक्तिलाई कारवार्ही सहित १ सय रुपैया जरिवाना गर्ने जानकारी दिए ।
कार्यक्रममा नगरका विपद व्यवस्थापन समितिका सयोजंक नवराज लामिछाने,नेकपा तुलसीपुर नगरकमिटी अध्यक्ष खुसीराम चौधरी, नेपाली कांग्रेसका क्षेत्रख नं. ३ का क्षेत्रीय सभापति जगतबहादुर खड्का, नागरिक समाज दाङका सल्लाहाकार टिकाराम रेग्मी, हाम्रो पहुँच बहुउद्देश्यिय सहकारी संस्थाका अध्यक्ष शुक्रराज भण्डारी,तुलसीपुर उद्योग वाणिज्य सघंका महासचिव रुपबहादुर खत्री,बिजौरी उद्योग वाणिज्य सघंका महासचिव बिदुर गौतम लगाएतले मनतब्य व्यक्त गरेका थिए ।