
असार ३०। नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या १७ हजार नाघेको छ । बितेको २४ घण्टामा एक सय १६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। यो संगै नेपालमा कोरोना सङ्क्रमितकाे कुल सङ्ख्या १७ हजार ६१ पुगेकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ ।
देशका विभिन्न अस्पतालका आइसोलशनमा ६ हजार ६ सय ९५ जना सङ्क्रमितकाे उपचार भइरहेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताएका छन ।
आज मात्रै ३४ जना डिस्चार्ज भएका छन भने यो संगै नेपालमा कोरोना सङ्क्रमण निको भएर घर फर्किनेकाे सङ्ख्या १० हजार तीन सय २८ पुगेको छ । नेपालमा कोरोनाबाट ३८ जनाको मृत्यु भएको छ ।
प्रकाशित मिति : २०७७ असार ३० गते मङ्गलवार