२०८१ फाल्गुन २ गते शुक्रवार

सल्यानमा मास्क नलगाउनेलाई कारवाही गर्दा साढे ३० हजार राजश्व संकलन

दाङ,असार २९ । सल्यानमा मास्क नलगाई हिड्नेहरुलाई कारवाही गर्दा साढे ३० हजार बढी राजश्व सैकलन भएको छ । जिल्ला प्रहरी प्रमुख डिएसपी ढकेन्द्र खतिवडाका अनुसार तीन दिनको अवधिमा ३० हजार ६०० राजश्व संकलन भएको हो ।

सोमवार मात्रै १० हजार २ सय राजश्व संकलन भएको डिएसपी खतिवडाले जानकारी दिएका छन् ।
सोमवार जिल्लाको श्रीनगरमा २० जना, लुहामा २० जना, कपुरकोटमा १० जना , खलंगामा ४१ जना, लान्ती बजारमा ११ जना कारवाही परेका हुन । प्रहरीले मास्क नलगाएको फेला पारे प्रत्येक व्यक्तिवाट एक सय रुपैंया जरिवाना तिराउँदै आएको छ ।

प्रकाशित मिति : २०७७ असार २९ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *