२०८१ माघ १३ गते आइतवार

नेपालमा थप १ सय ४४ जनामा कोरोनाको संक्रमण , संक्रमितको सङ्ख्या १६ हजार ९४५ पुग्यो

काठमाण्डौ,असार २९ । नेपालमा साेमबार थप एक सय ४४ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे छ ।

सोमबार थपिएकासहित नेपालमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या १६ हजार नौ सय ४५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै सङ्क्रमण पुष्टिभएकामध्ये अहिलेसम्म १० हजार दुई सय ९४ जना निको भएर घर फर्किएको र सक्रिय सङ्क्रमित ६ हजार ६ सय १३ जना मात्रै रहेको मन्त्रालयले जनाएको छ ।

 

प्रकाशित मिति : २०७७ असार २९ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *