२०८१ फाल्गुन ६ गते मङ्गलवार

केही ठाउँमा ठूलो वर्षा हुने, सतर्क रहन आग्रह


असार २९। देशका अधिकांश धेरै ठाउँमा केहि दिन देखि लगातार पानी परिरहेको छ । गण्डकी प्रदेशको स्याङ्जा जिल्लाको आँधीखोला, बाँधखोला लगायत साना नदी खोलाहरुमा आकस्मिक बाढी आउन सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । त्यस्तै नवलपरासीको डण्डा, कावासोती र आसपासका साना नदी तटीय क्षेत्रमा बाढी आउन सक्ने भएकाले सतर्क रहन आग्रह गरेको छ ।

आज दिउँसो प्रदेश १, प्रदेश २ र वाग्मती प्रदेशका थोरै ठाउँ तथा गण्डकी प्रदेशको एक, दुई ठाउँमा ठुलो पानी पर्ने सम्भावना रहेको छ । आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रही धेरैजसो ठाउँमा मेघगर्जन सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । यस्तै प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेशका तथा प्रदेश ५ थोरै ठाउँमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : २०७७ असार २९ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *