२०८१ माघ १२ गते शनिवार

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या २३ हजार बढी

असार २९ । भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २३ हजार नाघेको छ । भारतमा कोरोना भाइरसको कारण २३ हजार १७४ जनाको मृत्यु भएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ । बितेको २४ घण्टामा भारतमा कोरोनाका कारण पाँच सय जनाको मृत्यु भएको हो ।

भारतमा अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या आठ लाख ७८ हजार २५४ पुगेको छ । बितेको २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसका २८ हजार ७०१ नयाँ संक्रमित थपिएका छन् । भारतमा पछिल्लो केही दिनयता एकैदिन थपिएका कोरोना संक्रमितको संख्याले निरन्तर नयाँ रेकर्ड राख्दै आएको छ । यस्तै भारतमा अहिलेसम्म पाँच लाख ५३ हजार ४७१ संक्रमित निको वा डिस्चार्ज भइसकेका छन् ।

प्रकाशित मिति : २०७७ असार २९ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *