२०८१ फाल्गुन ६ गते मङ्गलवार

बबई किनारमा कचिलाका चौधरीको शव फेला

तुलसीपुर,असार २८ । दूई दिन अगाडिदेखि बेपत्ता रहेका तुलसीपुरका एकजनाको शव बबई नदी किनारमा फेला परेको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ कचिला निवासी ६५ बर्षीय कालिचरण चौधरी आइतवार दिउँसो तुलसीपुर ११ बबई नदी किनारमा मृत अवस्थामा फेला परेका छन् ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार चौधरी दूई दिन अगाडि असार २६ गते बेलुका ६ बजेतिर तुलसीपुर १५ गोठ्वाबाट खेत रोपाई गरि घर फर्किएका थिए । त्यही क्रममा उनको बगेर मृत्यु भएको हुन सक्ने प्रहरीले बताएको छ । घटनावारे थप अनुसन्धान जारी रहेको पनि प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७७ असार २८ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *