काठमाडौँ,असार २८ । प्रधानमन्त्री केपी शर्मा ओलीले बलिउड अभिनेता अमिताभ बच्चनको स्वास्थ्यलाभको कामना गरेका छन् ।
कोरोना संक्रमणपछि अस्पतालमा रहेका अमिताभको प्रधानमन्त्री ओलीले आइतबार ट्वीट गर्दै अमिताभ र उनका छोरा अभिषेक बच्चनको शीघ्र स्वास्थ्यलाभ कामना गरेका हुन् ।
कोरोना पोजेटिभ देखिएपछि अमिताभ शनिबार राति मुम्बईको नानावती अस्पताल भर्ना भएका थिए ।
अभिताभले पछिल्ला दस दिनमा आफ्नो सम्पर्कमा आएका सबैलाई कोरोना भाइरस परीक्षण गराउन ट्वीटमार्फत् जानकारी समेत दिएका छन ।
प्रकाशित मिति : २०७७ असार २८ गते आइतवार