२०८१ माघ १२ गते शनिवार

पेट्रोलियम पदार्थमा गरिएको मूल्यबृद्धिको विरोधमा नेविसंघको पर्दशन

काठमाडौं,असार २८ । नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै आइतवार काठमाडौंमा प्रदर्शन गरेको छ।
नेविसंघले नेपाल आयल निगमले दश दिनका बीचमा दुई पटक पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि फिर्ता हुनुपर्ने माग गर्दै निगम घेराउ गरेको छ ।
त्यसपछि नेविसंघ अध्यक्ष राजिव ढुंगानाको नेतृत्वमा मूल्यवृद्धि खारेज गर्न बबरमहलमा प्रदर्शन पनि भएको छ ।
उनीहरुले मूल्यवृद्धि खारेज गर, भ्रष्ट सरकार कहाँ छ, नेविसंघ यहाँ छ, नाफा घाटा जान्दैनौं मूल्यवृद्धि मान्दैनौं’ भन्ने जस्ता नाराहरु लगाएका छन् ।
निगमले पछिल्लो समय असार २६ गते सूचना निकाले पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ, डिजेल र मट्टितेलमा पनि प्रतिलिटर १ रुपैयाँले मूल्यवृद्धि गरेको थियो।
नेविसंघ महामन्त्री मनोज वैद्यले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन यसअघि नै ज्ञापन पत्र बुझाए पनि आयल निगमले वेवास्ता गरेकोले प्रदर्शन गर्नुपरेको जानकारी दिए ।

प्रकाशित मिति : २०७७ असार २८ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *