२०८१ फाल्गुन ६ गते मङ्गलवार

तुलसीपुरमा करेन्ट लागेर कपुरकोटका एक युवाको मृत्यु

तुलसीपुर,असार२८ । करेन्ट लागेर आइतवार विहानै तुलसीपुुरमा एक युवाको मृत्यु भएको छ । सल्लानको कोपुरकोट गाउँपालिका वडा नं. ५ रिम निवासी २६ बर्षीय कमल खत्रीको पानीको मोटर जोड्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो ।

प्रहरीका अनुसार खत्री विहान साढे ५ बजेतिर तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ बेलुवास्थित एक घरमा पानीको मोटर जडान गर्न भनेर गएका थिए । मोटर जोड्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते खत्रीलाई उपचारका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा पु¥याए लगतै उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।

प्रकाशित मिति : २०७७ असार २८ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *