२०८१ माघ १२ गते शनिवार

सल्यानमा मास्क नलगाई हिड्नेबाट एकै दिन ६७ सय जरिवाना संकलन

दाङ,असार २७ । सल्यानमा मास्क नलगाई हिड्नेहरुलाई प्रहरीले आर्थिक जरिवाना गर्न थालेको छ । शनिवारदेखि प्रहरीले मास्क नलगाई हिड्डुल गरेको पाइएमा प्रति व्यक्ति एक रुपैंया जरिवाना तिराउन सुरु गरेको छ । सल्लानमा एकै दिन ६७ जना मास्क नलगाई हिड्ने व्यक्तिहरुलाई आर्थिक जरिवानामा परेका छन् ।

६७ जनालाई आर्थिक कारवाही गर्दा जिल्लाका ४ वटा बजारमा ६ हजार ७ सय रुपैंया राजश्व रुवरुप संकलन भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ । जिल्लाको श्रीनगर बजारमा ३४ जना, थारमारे बजारमा १२ जना, लुहाम बजारमा १६ जना र कपुरकोट बजारमा ४ जना मास्क नलगाई हिड्डुल गर्नेलाई कारवाही गरिएको हो ।

जिल्ला प्रहरी प्रमुख डिएसपी ढकेन्द्र खतिवडाले मास्क नलगाई हिडडुल गर्नेलाई पहिलो चरणको कारवाही अन्तरगत प्रति व्यक्ति एक रुपैंयाको दरले आर्थिक जरिवाना गरिएको जानकारी दिए ।

प्रकाशित मिति : २०७७ असार २७ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *