तुलसीपुर,असार २७ । शनिवार दाङमा थप तीन जनामा कोरोना भाइरसको संक्रमन फेला परेको छ। उनीहरु सबै शान्तिनगर गाउँपालिकाका हुन । गाउँपालिकाको वडा नं. ३ का ५७ बर्षीय पुरुष, वडा नं. ४ मा ४५ बर्षीय पुरुष र वडा नं. ६ का एक जना २६ बर्षीय पुरुषमा संक्रमन फेला परेको हो । संक्रमित मध्य एकजना कुवेतबाट र अन्य दूई जना भारतवाट आएर क्वारेन्टिनमा बस्दै आएकाहरु हुन ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पिसिआर परीक्षणका क्रममा उनीहरुको संक्रमन पुष्टि भएको प्रतिष्ठानका शाखा अधिकृत रोषण आचार्यले जानकारी दिएका छन् । शुक्रवार प्रतिष्ठानमा गरिएको पिसिआर परीक्षणमा घोराहीका ५ जना र बाँकेको भेरी अस्पतालमा गरिएको परीक्षणमा राजपुरका थप २ जनामा संक्रमन पुष्टि भएको थियो । यो संगै जिल्लामा कोरोना संक्रमितको संख्या ६२३ पुगेको जिल्ला कोरोना फोकल पर्सन कमल चन्दले जानकारी दिए । त्यसमध्य आधा जति उपचार पछि घर फर्किसकेको पनि उनले बताए ।