२०८१ माघ १० गते बिहिवार

बबई क्याम्पसको प्राङगनमा बोटविरुवा रोपियो


शरद रेग्मी,
तुलसीपुर, असार २७ । शनिवार राप्ती बबई क्याम्पस परिसरमा बृक्षारोपन गरिएको छ ।तुलसीपुर क्षेत्रमा क्रियासिल पाँच वटा विभिन्न सामाजिक सघं सस्थाहरुले संयुक्त रुपमा बृक्षारोपन कार्यक्रम गरेका हुन । जसमा तुलसीपुर उपमहानगरपालिकाको पनि सहकार्य छ । रोटरी क्लब अफ तुलसिपुर सिटी, लायन्स क्लब अफ दाङ , लियो क्लब अफ दाङ , रोट्रयाक्ट क्लब अफ तुलसीपुर र लायन्स क्लब दाङ, त्रिशिद्धेश्वरी महिला क्लबले संयुक्त रुपमा एक सय जति विभिन्न जातका बोट विरुवा रोपेका हुन ।

रोटरी क्लब अफ तुलसीपुर सिटीका अध्यक्ष सुरेश हमालले क्याम्पस परिशरलाई सुन्दर र हराभरा बनाउने उदेश्यले बोट विरुवा रोपिएको जानकारी दिए । लायन्स क्लब अफ दाङका अध्यक्ष समेत रहेका हमालको अध्यक्षता एवं रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ नेपाल–भूटानका पूर्व अशिष्टेण्ट गभर्नर कुशल तर्तालको प्रमुख आतित्थ्यतामा त्यसअघि उदघाटन सत्र भएको थियो ।बक्ताहरुले हरेक सामाजिक सस्थाहरुको सक्रियताबाट नै समाजमा उदाहरणिय काम गर्न मदत पुग्ने धारणा राखेका थिए ।

प्रकाशित मिति : २०७७ असार २७ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *