२०८१ फाल्गुन ६ गते मङ्गलवार

पसलमा आगो लाग्दा १५ लाख बराबरको क्षति

तुलसीपुर,असार २७ । दाङको तुलसीपुरमा एक पसलमा आगो लाग्दा १५ लाख बराबरको मालसामान जलेर नष्ट भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. १७ भाडामा पसल सञ्चालन गर्दै आएका देबबहादुर बुढाथोकीको पसलमा गएराति विद्युत सर्ट भइ आगो लागोको थियो ।

आगोलागीवाट पसलका सम्पूर्ण सामान जलेर नष्ट भएको र त्यसवाट झन्डै १५ लाख बराबरको क्षति भएको प्रहरीले जानकारी दिएको छ । गएराति सवा ९ बजेतिर लागेको आगो पौने ११ बजेतिर मात्रै नियन्त्रणमा आएको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७७ असार २७ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *