असार २६ । नेपालमा पछिल्लो २४ घण्टामा थप एक सय १८ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार थप एक सय १८ जनामा कोरोना पुष्टि भएसँगै सङ्क्रमितको कुल सङ्ख्या १६ हजार ६ सय ४९ पुगेका छ ।
शुक्रबार देशका विभिन्न २५ वटा प्रयोगशालामा भएको परीक्षणमा एक सय १८ जनामा काेराेनाकाे सङ्क्रमण देखिएकाे हाे मन्त्रालयले जनाएको छ । आज मात्रै काठमाण्डाै उपत्यकामा ४२ जना सङ्क्रमित थपिएका छन् ।
प्रकाशित मिति : २०७७ असार २६ गते शुक्रवार