पोखरा, असार २६ । पोखरामा गएराति जन्मदिन मनाइ रहँदा पहिराले एक घर पुर्दा ५ जनाको मृत्यु भएको छ ।पोखरा महानगरपालिका वडा नं. १८ सराङकोटको गोठादीमा विहीवार राति २२ वर्षीया पिङ्की थापाको जन्मदिन मनाइ रहँदा माथिबाटआएको पहिरोले घर पुर्दा पाँच जनाको मृत्यु भएको छ भने थप आठ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा घर धनी टंकबहादुर थापाको घर पहिरोले पुर्दा ५० वर्षीय थापा, उनकी श्रीमती ४५ वर्षीया सोममाया थापा, ११ वर्षीयाइशिका थापा, ६ वर्षीय सुवान थापा , तनहुँ दमौली घर भएका आठ वर्षीय शीतल श्रेष्ठको मृत्यु भएको छ ।घटनामा थापाका परिवारका सदस्य, आफन्त तथा छिमेकी गरी आठ जना घाइते भएका छन् ।
जन्मउत्सब मनाइ रहेकी घाइते २२ वर्षीया पिङ्की थापा , उनकी पाँच वर्षीया छोरी पिरिसा थापा र १८ वर्षीया आशा थापाकोपोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ।
त्यसैगरी तनहुँ दमौली निवासी घरमुली थापाका साली २८ वर्षीया सरस्वती श्रेष्ठ उनका छोरा वर्ष १० का सन्देश श्रेष्ठ, छिमेकी पोखरा १८का १९ वर्षीय अनिस तामाङ, १९ कै रशि थापामगर र १९ वर्षकै रश्मी थापा मगरको उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।
घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ ।त्यस्तै पोखराको वडा नं. –२५ हेमजामा पनि एक घर पहिरामा पुरिँदा ७० वर्षीया हिमकली अधिकारीको मृत्यु भएको प्रहरीले जानकारीदिएको छ ।