काठमाडौं,असार २६ । म्याग्दीमा बाढीपहिरोमा परी ३३ जना बेपत्ता भएका छन् । जिल्ला विपद् व्यवस्थापन समितिका अनुसारपहिरोमा पुरिएर धौलागिरि गाउँपालिका–६ मराङमा २१, वडा नं ७ ताकममा ३, मालिका गाउँपालिका–७ बिममा ८ जना बेपत्ता भएकाछन् । वडा नं ६ दुखुमा खोलाले बगाउँदा थप एक जना बेपत्ता भएका छन् ।
प्रहरीका अनुसार गाउँपालिकाको वडा नं. ६ मराङमा २०, ताकममा ५ र बिममा १० घर पहिरोमा पुरिएका छन् ।बिहीबार रातिदेखि परेकोअविरल बर्षाले विभिन्न स्थानमा गरी ३५ घर बाढी र पहिरोले पुरेको छ ।
जोखिममा परेका ७० परिवारलाई सुरक्षित स्थानमा स्थानीय प्रशासलने जानकारी दिएको छ । म्याग्दी र राहुघाट खोलाको बाढीलेजोखिम बढाएपछि सदरमुकाम बेनीको मंगलाघाटका ७ र रघुगंगा–३ गलेश्वरका २१ परिवारलाई सुरक्षित स्थानमा सारिएको जिल्लाविपद् व्यवस्थापन समितिले जनाएको छ । समितिका अनुसार घर पुरिएका र जोखिममा परेका गरी कुल ७० परिवारलाई सुरक्षितस्थानमा सारिएको छ ।
पहिरोले सडक तथा पैदलमार्ग बगाएकाले उद्धार कार्यमा कठिनाई उत्पन्न भएको छ । बाढीले गलेश्वरस्थित राहुघाट खोलाको बेलिब्रिजबगाउँदा बेनी–जोमसोम सडकमा यातायात अवरुद्ध भएको छ ।