सुर्खेत, असार २६ । लगातार बर्षा पछि झरकेको पहिरोका कारण जाजरकोटमा तीन जनाको मृत्यु भएको छ ।
जिल्लाको बारेकोट गाउँपालिका वडा नं. ४ मा पहिरो जाँदा वेपत्ता भएका मध्ये ३ जनाको शव भेटिएको र ९ जना अझै वेपत्ता रहेको प्रहरीले बताएको छ ।
जाजरकोटका प्रहरी प्रमुख डिएसपी किशोर श्रेष्ठले माटोमुनि पुरिएको अवस्थामा ३ जनाको शव फेला परेको र उनीहरुको शव निकाल्ने प्रयास भइरहेको बताएका छन् ।
बारेकोट गाउँपालिका वडा नं. ४ मा गए राति पहिरोले २ वटा घर पुरिएका छन् । वेपत्ताहरुको खोजी कार्य जारी रहेको प्रहरीले बताएको छ ।
प्रकाशित मिति : २०७७ असार २६ गते शुक्रवार